Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • जाजरकोटको कुशेमा कांग्रेसका सिंह निर्वाचित


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्ब बहादुर सिंह निर्वाचित भएका छन् ।

    कांग्रेसका खम्बबहादुर सिंहले ३४७ मतसहित विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत प्राप्त गरे । निर्वाचन आयोगका अनुसार तेस्रो स्थानमा रहेका नेकपा एमालेका डम्बर बादुर घर्तीले २५२ मत ल्याउँदा राप्रपाका उम्मेदवारले ८ मत प्राप्त गरे ।

  • ताजा समाचार