Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • प्रधानमन्त्री ओलीले गरे एनपीएलको ट्रफी अनावरण


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग ९एनपीएल० को ट्रफी अनावरण गरेका छन्।

    धरहरा परिसरमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

    अनावरणमा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी थिए ।

    पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

    एनपीएलमा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् ।

  • ताजा समाचार