बाजुरा । केन्द्रिय सस्ता गठबन्धन विपरित बाजुरामा नेकपा एमाले र नेकपा माओवादी एक भएका छन । स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा एमाले माओवादी एक भएका हुन । जवकी अहिले संघ र प्रदेशमा एमाले कांग्रेसको गठबन्धनको सरकार छ ।
माओवादीको गाउँ कमिटीले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय नै गरेर एमालेको चुनावी प्रचारमा होमिएको छ । पालिका उपाध्यक्ष पदका लागि हुने उपचुनावमा माओवादीबाट राजुकुमारी विश्वकर्माको उम्मेदवारी परेको भएपछि फिर्ता लिइएको छ । माओवादीबाट उम्मेदवार बनेकी राजुकुमारी विश्वकर्माले उम्मेदवारी फिर्ता लिएर एमाले उम्मेदवार सुलोचनाकुमारी भण्डारीलाई समर्थन दिएकी छिन ।
उनका अनुसार २०८४ मा एमाले र माओवादीबीच सहकार्य हुने भएको छ । सहकार्य गर्दा माओवादीले पालिका उपाध्यक्ष, एक जना वडाध्यक्ष, एक जना कार्यपालिका सदस्य र चार जना वडा सदस्य पाउनेछन् । बाँकी पद एमालेले लिनेगरी स्थानीय नेताहरूले लिखित प्रतिबद्धता गरेका छन् ।
तर, पार्टीको निर्देशन विपरीत उम्मेदवारी फिर्ता लिएर एमालेलाई समर्थन गर्ने निर्णयप्रति माओवादी बाजुराका संयोजक देवीचन्द्र बूढाले आपत्ति जनाएका छन् । वक्तव्य मार्फत् उनले उम्मेदवारी फिर्ता लिने निर्णयप्रति ध्यानाकर्षण सहित आवश्यक कारबाहीको चेतावनी दिएका छन् ।