Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ । बैठक आज बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

    पूर्वसभामुख दमननाथ ढुंगानाप्रति शोक प्रस्ताव पारित गर्न र श्रद्धाञ्जली अर्पण गर्नका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

    काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यसमितिका सभापति र पदाधिकारी सबैलाई बैठकमा उपस्थित हुन कांग्रेसले भनेको छ ।

    ढुंगानाको निधनको खबर पाएपछि पार्टी सभापति शेरबहादुर देउवा गृह जिल्लाबाट काठमाडौं फर्किसकेका छन् ।

    कलेजो सम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार काठमाडौंमा निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई सानोगौचरणमा राखिने भएको छ । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

  • ताजा समाचार