Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • माओवादी केन्द्रको निर्णय : समाजवादी मोर्चाबाहेकसँग चुनावी तालमेल नगर्ने


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदार बाहेकका दलसँग सहकार्यको ढोका खुला राख्ने भएको छ । माओवादी केन्द्रले समाजवादी मोर्चासँग उपनिर्वाचनमा सहकार्यको ढोका खुला राखेको हो ।

    आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा स्थानीय तह उपनिर्वाचनबारे छलफल भएको थियो । सो बैठकपछि माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले भनिन्, ‘समाजवादी मोर्चासँग सहकार्यको ढोका खुला राख्ने भन्ने छ ।’

    समाजवादी मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन् । २०८० असार ४ गते मोर्चा घोषणाका बेला उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसमेत सामेल भए पनि हाल उसले मोर्चाबाट अलग भएको घोषणा गरेको छ । हाल यो मोर्चा निष्कृयसमेत छ ।

    मोर्चामा स्थानीय तह उपनिर्वाचन अघि भने मोर्चाका नेताहरुबीच छलफलसमेत चलाउने तयारी माओवादी केन्द्रको छ । तर सत्ता साझेदार दलसँग भने उपनिर्वाचनको सन्दर्भमा छलफल र सहकार्य नगर्ने माओवादीले जनाएको छ ।

  • ताजा समाचार