Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • ज्यान मार्ने उद्योगमा दीपक मनाङे दोषी ठहर, ५ वर्ष कैदको फैसला सदर


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेलाई गुण्डाहरुको नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ ।

    न्यायाधीशद्धय टेकप्रसाद ढुङ्गाना र नहकुल सुवेदीको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो ।

    उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर, सर्वोच्चले पनि उच्च अदालतको पाँच वर्ष कैदको फैसला सदर गरेको छ ।

  • ताजा समाचार