Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • माओवादी केन्द्र अछाम काठमाडौं सम्पर्क समितिको बैठक सम्पन्न


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । नेकपा माओवादी केन्द्र अछाम काठमाडौं सम्पर्क समन्वय समितिको बैठक सम्पन्न भएको छ ।

    हस्त रावलको सञ्चालनमा सुरु र भरत रावलको अध्यक्षतामा सम्पन्न भएको बैठकमा सदस्यता नविकरण व्यापक रुपमा वितरण गर्ने भनिएको थियाे ।

    सुदूरपश्चिम प्रदेश समन्वय संयोजक गणेश बुढा प्रमूख अतिथि रहेको उक्त बैठकले २०८१ असोज १२ गते बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान गर्ने निर्णय गरेको छ ।

    जिल्लाको क्षेत्र नम्बर १ र २ मा संगठन बलियो बनाउन ४ जना व्यक्तिलाई जिम्मा दिएर माओवादीको अछाम काठमाडौं सम्पर्क समन्वय समितिको बैठक समापन गरिएको हो ।

  • ताजा समाचार