Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • दुई तिहाइको घमण्ड नगर्नुहोस्, बङ्गलादेश र श्रीलंका सम्झिनुस् : पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न चेतावनी दिएका छन् ।

    सुदूरपश्चिम प्रदेशको धनगढीमा बुधवार र बिहीबारसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदधिकारीहरुको परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले बङ्गलादेश र श्रीलंकाको अवस्था आउन सक्ने भन्दै चेतावनी दिएका थिए।

    ‘दुई तिहाइको घमण्ड चाहिँ नगर्नुस् है, मैले भनेको छु । तपाईँ सुध्रिनुस् भनेको छु । राम्रो गर्नुभयो भने हामी समर्थन गर्छौ भनेको छु । दुई तिहाइको घमण्ड गर्नुहुन्छ भने बङ्गलादेश र श्रीलङ्का सम्झिनुस् भनेर सम्झाएको मात्रै हुँ ।’ उनले भने ।

    दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने समेत उनले बताएका थिए ।

  • ताजा समाचार