Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • नेकपा एसको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षका लागि घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

    नेकपा एसको महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत गरेपनि डेढ महिनासम्म अन्य पदाधिकारी चयन गर्न सकेको थिएन । सहमति जुट्न नसकेपछि आज निर्वाचनबाट पदाधिकारी चयन गर्ने तयारी छ ।

    यसैगरी उपमहासचिव पदमा चार जनाको उम्मेदवारी परेको छ । राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र घनेन्द्र केसीले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सकिएपछि आजै दिउँसो २ बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले जानकारी दिए ।

    एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् । आजको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन गरिने छ ।

    एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटव्युरो चयन गर्ने छन् ।

  • ताजा समाचार