Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • देउवाले बोलाए उपसभापति र महामन्त्रीद्वयलाई छलफलमा


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका छन् । सभापति देउवाले आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा उनीहरूसँग छलफल गर्न लागेका हुन् ।

    बैठक बिहान ११ बजे बूढानीलकण्ठमा बस्नेछ । २३ साउन देखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेन्डाहरू माथि छलफल भइरहेको छ ।

    बैठकमा महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा काँग्रेस एक्लै लड्ने प्रतिवेदन पेश गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक प्रतिवेदनमा राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चार पटक भन्दा हुन नपाउने प्रस्ताव छ ।

  • ताजा समाचार