Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । रौतहट जिल्ला अदालतले राजपुर बम काण्डका आरोपी मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ।

    आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो ।

    यो मुद्दामा आइतबार आलमका तर्फबाट अधिवक्ता लालबाबु राय, महम्मद साबिर हुसेन, मजरुल हक लगायत चार जनाले बहस गरेका थिए ।

    त्यस्तै बादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता बद्रीकुमार कार्की र अधिवक्ता अधिवक्ता पुष्प पौडेलले बहस गरेका थिए ।

    २०६४ सालमा संविधान सभाको चुनावका बेला आलमको चुनाव प्रचारमा खटिएको टिम बम विस्फोटमा परेको र घाइते भएका केही व्यक्तिलाई इँटाभट्टामा हालेर जलाएको आरोप आलममाथि छ ।

    यो मुद्दामा थुनछेक बहसपछि आलम २०७६ कात्तिकदेखि पुर्पक्षका लागि थुनामा छन् ।

  • ताजा समाचार