Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • पूर्वमन्त्री पौडेलको मृत्यु


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । नवलपुरको गैँडाकोटमा बसले ठक्कर दिँदा काँग्रेसका नेता एवम पूर्व मन्त्री बलराम पौडेलको मृत्यु भएको छ ।

    नेपाली काँग्रेस चितवनका अनुसार गैंडाकोटको कालीगण्डकी चोकमा उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमा नै मृत्यु भएको हो ।

    बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

    भरतपुर महानगरपालिका वडा नं १७ विजयनगर घर भएका ६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए ।

    उनी काँग्रेसको महासमिति सदस्य हुन् । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • ताजा समाचार