काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल थारू सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन्।सभापति शेरबहादुर देउवाले आज ती सदस्यहरू मनोनीत गरेका हुन्। नेपाल थारू सङ्घ शिवनारायण महतो गुरौको अध्यक्षतामा छ । सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनीत गरेकाहरुको नामावली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन्।